संक्षिप्त परिचय

मध्यमाचंल विकास क्षेत्रका जिल्ला मध्ये पर्सा जिल्ला तराई खण्डमा पर्ने नारायणी अंचलको एक जिल्ला हो । भौगोलिक अवस्थाको दृष्टिकोणले यो जिल्ला समुन्द्री सतहदेखि १२२ देखि ९२५ मिटर सम्मको उचाइमा फैलिएको छ । अक्षांश २७० देखि २७०२६’’ उत्तर सम्म र देशान्तर ८४०८’’ देखि ८४०२७’’ पूर्वसम्म फैलिएको यस जिल्लालाई राजनैतिक हिसावले ६६ गाविस, १ उपमहानगरपालिका, १ नगरपालिका, १५ इलाका क्षेत्र र ५ निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ । यस जिल्लाको कुल क्षेत्रफल १३५३ वर्ग किमि भित्र ५४७३२ हेक्टर कृषि योग्य भूमिमा खेती गरिएको भूमि ५००४६ हेक्टर छ जसको २३५६६.५ हेक्टर सिंचित क्षेत्र छ भने ७७१२४ हेक्टर वन जंगलले ढाकेको क्षेत्र रहेको छ । त्यस्तै चरण क्षेत्र २८५६ हेक्टर हुनुको साथै अन्य क्षेत्र ४२३१ हेक्टर छ ।

केन्द्रिय तथ्यांक विभागको राष्ट्रिय जनगणना २०६८ अनुसार यस जिल्लाको जम्मा घरधुरी संख्या ९५५३६ छ भने ६०१०१७ जनसंख्या रहेको छ जस्मा महिलाको संख्या २८८६५९ र पुरुषको संख्या ३१२३५८ छ । जस अनुसार ४ बर्षमुनिका कुल जनसंख्या ६७८४३ मध्ये बालिका ३३५३३ र बालक ३४३१० रहेका छन् । त्यसैगरि ५ देखि ९ बर्ष उमेर समुहका बालबालिकाको जम्मा जनसंख्या ८५४४४ मध्ये बालिका ४१३९० तथा बालक ४४०५४ रहेका छन् । त्यस्तै ६० देखि २४ बर्ष उमेर समुहका जम्मा वृद्ध ३९६६३ मध्ये महिला १८४४८ तथा पुरुष २१२१५ रहेका छन् ।

पर्सा जिल्लामा भएर वग्ने १२५ वटा नदीनालाहरुमा मुख्य गरेर भेडाहा, तिलावे, सिर्सिया, गंगोल, परसवा खोला, नौका खोला, सुपौली खोला, औरिया, भखरी, नौरंगिया, सिक्टा जस्ता मुख्य नदिहरु रहेका छन् । गंगोल, धुर्तहा जस्ता स–साना नदिहरु चुरे क्षेत्रबाट उत्पन्न भई दक्षिण तर्फ बग्ने गर्छन । यी नदीहरुले वर्षेनी धनजनको क्षति गर्ने गरेको पाइन्छ । यहाँ घडीअर्वा पोखरीसँगै ताल तलैयाहरु १०९ वटा रहेका छन् । यस जिल्लाको कुल क्षेत्रफल १३५३ वर्ग किमि भित्र ५४७३२ हेक्टर कृषि योग्य भूमिमा खेती गरिएको भूमि ५००४६ हेक्टर छ जसको २३५६६.५ हेक्टर सिंचित क्षेत्र छ भने ७७१२४ हेक्टर वन जंगलले ढाकेको क्षेत्र रहेको छ त्यस्तै चरण क्षेत्र २८५६ हेक्टर हुनुको साथै अन्य क्षेत्र ४२३१ हेक्टर छ ।


Skip to toolbar